News Portal

  • कामदार संक्रमणले सुुन पसल बन्द

    ५७० पटक

    काठमाडौँ, ३१ साउन । राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ ।

    काठमाडौं महानगरपालिका-२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएपछि पसलहरू बन्द हुुनुका साथै उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूणर् पसल बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएको छ । विशाल बजार सञ्चालक समिति र व्यापारी व्यवसायीसँग सल्लाह गरी विशाल बजारसमेत बन्द गरिएको उहाँले बताउनुभयो ।

    त्यस्तै महानगरीय प्रहरी वृत्त जनसेवाले पनि हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर, न्युुरोड, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रमा सञ्चालित रेस्टुराँ तथा पसलले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन सुरु गरेको छ । न्युुरोड क्षेत्रमा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नराख्ने र भीड बनाई रेस्टुराँमा ग्राहक राखेको अभियोगमा बटुवादेखि ग्राहकसम्म र केही व्यवसाय सञ्चालकलाई कारबाही गरिएको वृत्त प्रमुख सुनीलकुमार शाहले बताउनुभयो । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...