News Portal

  • मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द, अरनिको राजमार्ग भने खुला रहने

    भक्तपुरपोस्ट संवाददाता
    १४०२ पटक

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ ।

    मध्यपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो।

    कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ । कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।

    खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ । नगरभित्र सार्वजनिक यातायात बन्द गरिनेछ ।

    अरनिको राजमार्ग भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्न दिइने नगरपालिकाले जनाएको छ । पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न पाइने निर्णय भएको हो ।

    शुक्रबारसम्ममा भक्तपुरमै सबैभन्दा बढी मध्यपुर थिमि नगर क्षेत्रमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबारसम्ममा मध्यपुरमा जम्मा ३६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमा पुरुष १९ र महिला १७ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...