News Portal

  • पर्सामा थप ४५ जनामा सङ्क्रमण, दुई दिनमा ७० डिस्चार्ज

    ६३५ पटक

    वीरगञ्ज, ३२ साउन । एक जना सञ्चारकर्मी सहित पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझ संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।

    थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका विभिन्न वडाका १३ जना , नारायणी अस्पतालका ७ जना , प्राईम फर्मा उद्योगका ६ जना , नारायणी अस्पतालको आइृसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना , एक जना पत्रकार , वयोधा अस्पतालका तीन जना कर्मचारी , पर्सा कै पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना , पर्सा कै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् । त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० वर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना रहनु भएको छ ।

    शनिबार थपिएका ४५ जना संक्रमितसँगै पर्सामा संक्रमितको संख्या एक हजार २ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
    यसैबीच शुक्रबार र शनिबार गरी दुईदिनमा पर्साको वीरगञ्जका विभिन्न कोभिड अस्पतालमा उपचाररत ७० जना संक्रमितहरु कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

    गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा.उदय नारायण सिंहले शुक्रबार र शनिबार गरी दुईदिनमा उपचाररत ७० जना संक्रमितहरु संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो ।
    वीरगञ्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार ३४ जना गरी ७० जना संक्रमण मुक्त भई डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

    संक्रमण मुक्तहुनेमा एक जना पत्रकार , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगञ्ज कारगारका प्रमुख श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु सहित १३ जना महिला र ५७ जना पुरुष संक्रमण मुक्तभई अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । संक्रमण मुक्त हुनेमा १ जना २ वर्षे बालिका र २ जना डाईलाईसिस सेवा लिई रहेका मृगौला रोगी समेत रहेका छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरी उपचारका क्रममा गरिएका पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि ती संक्रमितहरुलाई संक्रमणमुक्त घोषणा गर्दै अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म पर्सा जिल्लाबाट उपचारपश्चात ३ सय ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...