News Portal

  • झन्डै २५२ वर्षदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष नहुने

    ७८६ पटक

    काठमाडौं, २ भदौ । कोरोना भाइरसका कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निणर्य भएको गुुठी संस्थानले जनाएको छ ।

    गुठी संस्थान काठमाडौं शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै योपटक इन्द्रजात्रा स्थगित गरिएको हो ।

    नेपाल पञ्चाङ्ग निणर्ायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइतका लागि यही भदौ ४ गते ११ः२५ बजे तोकेको थियो । यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने साइत दिएको थियो भने १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।

    तत्कालीन राजा जयप्रकाश मल्लले चलाएको यसै सन्दर्भको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ । श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुन्छ तर रथ यात्रा हुँदैन, सुवेदी भन्नुहुन्छ । यस्तै झन्डै २५२ वर्ष अघिदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष रोकिएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...