News Portal

  • अनलाइन कक्षामा छात्रा न्यून

    ८७४ पटक

    काठमाडौं, २ भदौ । इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ ।

    यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर यो यथार्थ हो । कोरोना संक्रमण जोखिमका कारण लकडाउनयता सुरु भएको अनलाइन कक्षामा विद्यार्थीको सहभागिताले यस्तो रहस्य खोलेको हो ।

    नेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच अपेक्षित रुपमा पुग्न नसकेको देखिएको छ ।
    त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन स्कुलमा १० कक्षाका विद्यार्थीका लागि सञ्चालित अनलाइन कक्षामा सोमबार ८६ जना विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ५८.१३ प्रतिशत छात्र र ४१.८६ प्रतिशत छात्रा रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

    उनले कक्षा सकिएपछि भने, ‘अभिभावकलाई छोरीलाई पनि इन्टरनेट चल्ने मोबाइल किनिदेऊ भन्दा छोरी फेसबुक चलाएर बिग्रे जिम्मेवारी कसले लिने भन्छन् । मैले सम्झाउँदा किताब पढे पुगिहाल्छ भन्ने गरेका छन् ।’

    अझै पनि छोराको पढाइ रोके संसारै बिग्रने र छोरीको अध्ययनमा बाधा पुग्दा कुनै असरै नपर्ने सोच भएका अभिभावक भेट्दा दुःख लाग्ने गरेको उनले बताए ।
    विश्वनिकेतनमै कक्षा ९ मा अध्ययनरत एक छात्राकी आमा रजनी यादवले छोरीलाई नेटसहितको मोबाइल नदिने बताइन् । ‘आज म स्कुलमा किताब लिन आएकी । छोरी स्कुल नखुलेसम्म किताब पढेरै सिक्छिन्,’ उनले भनिन्, ‘नेट भएको मोबाइल त म दिन्नँ । गलत बाटो गए परिवारमा नराम्रो हुन्छ ।’

    कलंकी बस्ने सुस्मिता श्रेष्ठका बुवाले कक्षा ८ पढ्ने छोरालाई अनलाइन कक्षाकै लागि नेट चल्ने आफ्नो मोबाइल सेट दिए । तर सुस्मिताले पाइनन् । आमाबुवाको यस्तो व्यवहारले सुस्मिता निराश बनिन् । ‘भाइको कक्षा बिहान १० बजे सुरु हुन्छ, साढे एक बजे सकिन्छ ।’ नागरिक दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...