News Portal

  • ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

    इभक्तपुर संवाददाता
    ८७९ पटक

    काठमाडौं, ३ भदौ । नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो ।

    घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ ।

    लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याज दर ८.९९ प्रतिशत रहेको बैङ्कले जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले पनि कर्जाको ब्याज दर सर्वाधिक कम तय गरेको छ ।
    ७.२५ प्रतिशत ब्याज दरको घर कर्जाउपलब्ध गराइएको बैङ्कले यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैङ्कबाट लिएको घर कर्जालाई स्वाप गर्ने सुविधासमेत दिएको छ ।

    निजी क्षेत्रको एनएमबी बैङ्कले पनि ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

    यी बैङ्किङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् ।

    कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । यसले गर्दा कोरोना सङ्क्रमणले खुम्चिएको कर्जा प्रवाह पनि बढ्न थालेको छ ।

    बन्दाबन्दी यता बैङ्कमा निक्षेप थुप्रिने र कर्जाको माग कम हुँदै गएपछि कर्जा विस्तारमा वाणिज्य बैङ्क आक्रामक बन्दै गएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...