News Portal

  • १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,३ भदाैं
    १६७५ पटक
    भक्तपुर,३ भदाैं

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

    मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४ दिनको उपचार पछि उनको निधन भएको अस्पतालको भनाइ छ ।

    गत साउन २१ गतेदेखि आइसाेलेसनमा राखेर उनको उपचार भैरहेकाे थियाे । आज बिहान करिब छ बजे कोभिड १९ ले उनको ज्यान लिएकाे छ । भक्तपुरमा कोभिड १९ ले ज्यान लिएकाे याे पहिलाे केस हाे ।

    योसंगै नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेकाे संख्या ११६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...