News Portal

  • कटुन्जे घर भई मेलवर्नमा बस्ने चालिसे दम्पतीको अनुकरणीय कार्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ भदौ
    २३७९ पटक
    भक्तपुर, ४ भदौ

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । ६ वर्षिया छोरी शायना चालिसे र ३ वर्षिया छोरी समिका चालिसेको एकैदिन परेको जन्मदिनको अवसर पारेर उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

    जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि चालिसे दम्पतीले दुई छोरीको जन्मदिनको अवसर पारेर आर्थिक सहयोग गरेको कलाकारद्वय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)द्वारा संचालित सामाजिक सस्था धुर्मुस सुन्तली फाउन्डेसनले जानकारी गराएको हो । फाउन्डेसनका अनुसार चालिसे दम्पतीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४३ हजार ३ सय ५७ रुपैयाँ सहयोग फाउण्डेशनलाई प्रदान गरेका छन् ।

    भविष्यमा छोरीहरुमा पनि यस्तै सेवा गर्ने भावनाको बिकास होस भन्ने हेतुले आफूहरुले छोरीहरुको जन्मदिनमा सामाजिक सेवामा खर्च गर्ने गरेको संचारकर्मी एवं साहित्यकार सुशील चालिसेले बताए । आफूहरुले छोरीहरुको प्रत्येक जन्मोत्सवमा कुनै न कुनै सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएको उनकाे भनाइ छ ।

    चालिसे दम्पतीले यस अघि राधा पौडेल आबद्ध संस्था एक्सन वर्क नेपाल,दिक्षा चापागाईं आबद्ध पबित्र समाज नेपाल, नायिका स्वेता खड्काले सन्चालन गरेको स्वेता श्री फाउण्डेशन र गौतम लामिछाने एवं पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था विरुवा नेपाललाई आर्थिक सहयोग गरी सामाजिक सेवामा जोडिएका थिए। उनीहरुकाे याे सामाजिक भावनाद्वारा गरिएकाे कार्य अनुकरणीय देखिन्छ ।

    चालिसे दम्पत्तीले आफ्ना छोरीहरुको जन्मदिनका अवसरमा प्रत्येक वर्ष सामाजिक कार्यमा सरिक हुँदा सकारात्मक संदेश प्रवाह भएको सामाजिक अभियन्ता एवं गायक कपिल कस्पाल बताउँछन् । उनीहरुको कार्य अनुकरणीय र प्रेरणादायी भएको भन्दै कस्पालले भने,”धन भएर मात्र हुँदैन, मन हुनेले मात्र समाजमा योगदान दिनसक्छ । उहाँहरुले कति रकम सहयोग गर्नुभयो भन्दा पनि सहयोगको निरन्तरता र सहयोगी भावना ठूलो कुरा हो ।”

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...