News Portal

  • भक्तपुरमा ८ सहित उपत्यकामा थपिए दुईसय संक्रमित

    भक्तपुरपोस्ट संवाददाता४ भाद्र २०७७
    ८९२ पटक
    ४ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ८ सहित उपत्यकामा थप दुईसय संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौमतले काठमाडौंमा १७४ जना र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै मुलुकभर ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

    डा  गौतमका अनुसार बिहिबार संक्रमण मुक्त भएर थप २६४ जना डिस्चार्ज भएका छन् । आज संक्रमण मुक्त भएकासँगै देशभर कूल १७ हजार ९ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    आज देशभर ११ हजार ५सय २५ जना सक्रिय संक्रमित र होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको मन्त्रालयले जनाएको छ । ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेको डा गौतमले बताए ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...