News Portal

  • भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    बाबुराम दाहाल / भक्तपुर पोस्ट मध्यपुर थिमि, १२ भदाैं
    १०६२ पटक
    मध्यपुर थिमि, १२ भदाैं

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा राती करिब १० बजे उनले ज्यान गुमाएकी हुन् । अस्पताल श्रोतले भने अस्पताल आइपुग्नु अघि नै उनले ज्यान गुमाएकी जिकिर गरेको छ ।

    महिलाको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ पाइएको भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले पुष्टि गरेका छन् । मृत्यु पछि स्वाब संकलन गरी फास्ट ट्रयाकमा परीक्षण गर्दा राती नै उनमा कोरोना संक्रमण पुष्टि भएको मिजारले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको छ । नेपाली सेनाको टोली उक्त कार्यमा खटाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएकी छन् । प्रजिअ पाण्डेले अस्पताल सिल गरिएको र त्यहाँ सेनिटाइज गर्नुका साथै संलग्न चिकित्सक र स्टाफलाई क्वारेन्टाइनमा राखिएको बताइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...