News Portal

  • अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

    ५८२ पटक

    चितवन, १२ भदौ । उपचारका लागि निजी अस्पताल पुगेका बिरामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो । धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे । तर केही दिनयता भने उनको मोबाइलमा यस्तो समस्या बताएर फोन गर्ने घटेका छन् ।

    ‘अस्पतालको ढोकैबाट फर्किनु परेको गुनासो गरेर कतिपयले फोन गर्थे’, प्रजिअ भट्टराई भन्छन्, ‘निजी अस्पताललाई पनि मनोबल उच्च बनाएर आवश्यक सतर्कता अपनाउँदै सेवाप्रवाहका लागि सहजिकरण गरेका छौं ।’

    जिल्ला प्रशासन कार्यालयमा बुधबार बैठक राखेर कडाइका साथ अस्पताललाई बिरामी नफर्काउन निर्देशन दिइएको उनले बताए । कोरोना त्रासका कारण अहिले पनि हत्तपत्त बिरामी भर्ना गर्न अस्पतालहरु मान्दैनन् । कतिपय अस्पतालले बिरामीलाई उपचारअघि पीसीआर परीक्षण रिपोर्ट ल्याउन भन्ने गरेकोसमेत पाइएको छ ।

    पहिले अवस्था जे भए पनि अहिले अस्पताल सकारात्मक रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए । पहिला छुट्टै कोभिड अस्पताल हुनुपर्ने धारणा राखेका निजी अस्पताल संचालक सरकारको निर्णय पालनामा सहमत छन्। सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा दिनुपर्ने सरकारको निर्णय भने निजी अस्पतालले अझै कार्यान्वयन गरिसकेका छैनन् ।

    निजी अस्पतालमा पर्याप्त साधन स्रोतको अभावमा चाहेर पनि काम गर्न नसकिएको निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले बताउँदै भने । ‘सरकारीमा काम गर्नेलाई सबै साधन स्रोत, भत्ताको सुविधा छ, हाम्रोमा त्यो छैन । स्वास्थ्यकर्मीको मनोबल उठाउन आवश्यक छ ।’

    अस्पताल सुनसान, घरमै गयो बिरामीको ज्यान
    मकवानपुरको बागमती गाउँपालिका–९ की संगीता लामा तामाङले सामान्य ज्वरोका कारण मृत्युवरण गरिन् । तीन सन्तानकी आमा ३४ वर्षीया तामाङ स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यतर थिइन् । गाउँपालिकाको दुर्गम क्षेत्रको कुर्लेमा घर भएकी उनी महिला स्वास्थ्य स्वयं सेविकासमेत हुन् । ‘घरमा सिटामोल थियो, ज्वरो त हो नि भनेर त्यही खाइन्’, संगिताबारे सम्झँदै उनका श्रीमानले भने, ‘भोलिपल्टै त्यस्तो होला भनेर के थाहा ? परिवारले दिएको जानकारी अनुसार उनलाई अघिल्लो दिन सामान्य ज्वरो आएको थियो । संगीताका दाजु भीमले भने, ‘कोरोना त्रासले हामी अस्पताल गएनौं । मेरी बहिनीको अकालमै ज्यान गयो ।’

    बकैया गाउँपालिका–१० मन्थलीका एक युवकले पनि सामान्य ज्वरोकै कारण ज्यान गुमाउनु पर्यो । स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यरत उनी सामान्य ज्वरो सम्झेर मेडिकल जान चाहेनन् । परिवार पनि उनकै कुरामा सहमत भए । ज्वरो आएको भनेर घरमै सामान्य उपचार गराइरहँदा ख्यालख्यालैमा उनको निधन भएको परिवारले बताएको छ । दुई सन्तानका बुवा ३७ वर्षीय ती युवकलाई सामान्य ज्वरोबाट बचाउन नसक्दा उनका परिवार तथा आफन्त पछुतो मानिरहेको छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...