काठमाडौ, १४ भदौ । कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि दुई जनालाई ज्वरो आएपछि कोरोना परीक्षण गर्दा दुवै जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएका छ । समाचार पत्रबाट