News Portal

  • काठमाडौँ–तराई द्रुतमार्गः अप्टिकल फाइबर बिछ्याउने तयारी

    ८८४ पटक

    काठमाडौँ, १४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई र मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुुभयो, अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै द्रुतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने छ ।

    मुलुुकमा निर्माणाधीन र भविष्यमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने प्राधिकरणको रणनीति रहेको छ । द्रुतमार्गमा समेत अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रम प्राधिकरणको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई स्वीकृतसमेत भइसकेको छ, उहाँले थप्नुभयो, यस कार्यक्रमलाई अगाडि बढाउन चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनालाई अगाडि बढाउन चाँडै बोलपत्र आह्वान गर्ने बताउँदै उहाँले सो मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हुुँदा बोलपत्र आह्वानका लागि नेपाली सेनाको स्वीकृति चाहिने र त्यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुुभयो ।

    द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनासँग समन्वय गरी अप्टिकल फाइबर विस्तार कार्य प्रक्रियालाई अगाडि बढाइने उहाँले स्पष्ट पार्नुुभयो । अनुमतिका लागि नेपाली सेनालाई पत्राचार समेत भइसकेको जानकारी दिँदै उहाँले सेनाको अनुमति प्राप्त हुनेबित्तिकै द्रुतमार्गमा पाइप (डक) राख्नका लागि सेवा प्रदायक कम्पनी चयन गर्न बोलपत्र आह्वान गरिने जानकारी दिनुुभयो । अप्टिकल फाइबर विस्तार गर्नुभन्दा पहिले ‘डक’ राख्ने गरिन्छ । दु्रतमार्ग निर्माण र फाइबर विस्तार कार्यलाई सँगसँगै अगाडि बढाइएमा सडक पुनः खन्नु नपर्ने तथा लागत पनि कम हुने प्राधिकरणको बुझाई छ ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले काठमाडौैँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट गतहप्ता नेपाली सेनालाई पत्र प्राप्त भएको जानकारी दिनुुभयो । सो पत्र सेनाकै दु्रतमार्ग आयोजनामा पठाइएको र त्यसबारे आवश्यक छलफल भइरहेको बताउँदै उहाँले यसबारे चाँडै नै निष्कर्षमा पुगिने जानकारी दिनुभएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...