News Portal

  • उपत्यकामा थपिँदै क्वारेन्टाइन

    ८०८ पटक

    काठमाडौं, १६ भदौ । विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौं उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन तयार भई सञ्चालनमा आएका छन् ।

    गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार काठमाडौंमा ४५०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ७५० गरी दुई हजार तीन सय शय्या क्षमताको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय भएको छ । मन्त्रिपरिषद्ले काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको समितिको सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

    बैठकले काठमाडौंमा क्वारेन्टाइनको संख्या कम देखिएकाले काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेका संरचनामा क्वारेन्टाइन सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ । यसैगरी थप स्थानको पहिचान गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्न भनिएको छ । गोरखापत्र दैनिबाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...