News Portal

  • होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

    १०९८ पटक

    काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निणर्य गरेको हो ।

    बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।

    यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ ।

    त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइनेछ । यसैगरी छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न सकिनेछ । यसरी आयोजना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

    यस्तै, अनलाइन कक्षा सञ्चालनका लागि समेत अनुमति दिइएको छ । यसैगरी बैंकलगायतका नियमित सेवा प्रदायकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।

    यसैगरी, अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पिसिआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि अनिवार्य गरिएको छ ।

    हवाई उडानबाट विदेश जानेहरूले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जान सवारी साधन प्रयोग गर्न सक्नेछन् । तर, पिसिआर परीक्षण सुविधा नभएका स्थानबाट आउनेहरूले काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ ।
    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला सबै पक्षसँग छलफल गरेर गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएकामा गृहले राय अनुमोदन गरेपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।

    पछिल्लोपटक तोकिएको समयसम्म होटल, रेस्टुरेन्ट, अति आवश्यकबाहेकका व्यवसाय, फुटपाथ पसल भने पूणर् रूपमा बन्द नै हुनेछन् । यसअघि १० भदौसम्म तोकिएको निषेधाज्ञालाई १७ भदौसम्म थप गरिएको थियो । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...