News Portal

  • ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि सल्लाघारीको तरकारी बजार सील

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट सूर्यविनायक, २० भदौ
    २५३५ पटक
    सूर्यविनायक, २० भदौ

    सूर्यविनायक ५ सल्लाघारीस्थित एक तरकारी ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सिल गरिएको छ ।                                सल्लाघारीमा तरकारी ब्यापार गर्ने २७ वर्षका व्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सील गरिएको हो ।                                                                                                                                                                                                                                                              उनमा कोभिड १९ को लक्षण देखिएपछि उक्त क्षेत्रका स्थानीय  समेत रहेका नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा लगायतको पहलमा कोभिड परिक्षण गरिएको थियो ।

    परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका तरकारी ब्यापारी गुण्डूस्थित निवासमा आइसोलेसनमा रहेका जानकारी प्राप्त भएको छ । तरकारी बजारका ब्यापारीमा नै संक्रमण पुष्टि भएपछि स्थानीयबासी र स्थानीय ब्यापारी त्रसित बनेका छन् ।

    उनीसँग कन्ट्याक्टमा रहेकाहरु कोभिड संग त्रसित नभई सतर्क भएर क्वारेन्टाइनमा रहनुपर्ने कांग्रेस सभापति थापाले सुझाव दिएका छन् । कन्ट्याक्टमा  रहेकाहरुको स्वाब परिक्षणका लागि आफूले पहल गर्ने उनले बताए ।

    महानगरीय प्रहरी प्रभाग कटुन्जेका इन्जार्ज रहेका प्रहरी नायब निरीक्षक ज्योति कार्कीले सल्लाघारीको तरकारी बजार सील गरिएकाले तरकारी किनमेलका लागि बैकल्पिक ब्यवस्था हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...