News Portal

  • पर्यटन लयमा फर्काउन पाँच वर्ष

    ५९४ पटक

    काठमाडौं, २३ भदौ । कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन् ।
    कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

    नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । ‘अब मास टुरिजमको एरा गयो’, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड छ । त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बिमाका कुरालाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यसतर्फ ध्यान पु¥याउनुपर्ने बताए ।

    त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए । ‘सन् २०२४–०२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’, संयोजक शाक्यले भने । कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको भर पर्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए । पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...