News Portal

  • सिडिओको आदेश बाबजूद भक्तपुरमा सार्वजनिक यातायात संचालन नहुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ भदौ
    ११२७ पटक
    भक्तपुर, २५ भदौ

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बिहीवारबाट सार्वजनिक यातायात संचालन हुन दिने आदेश गरेपनि भक्तपुर नगरपालिकामा सार्वजनिक सवारी संचालन नहुने भएको छ । नगरपालिका र यातायात व्यवसायी बीच सार्वजनिक सवारी संचालन नगर्ने सहमती भएको हो ।

    बुधवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिट क्षमताका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय भएपछि भक्तपुरकी सिडिओ हुमकला पाण्डेले पनि सोही आदेश गरेकी थिइन् ।

    नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग बिहीबार सार्वजनिक यातायात संचालनको विषयमा बैठक बसेको र हाललाई सेवा सुचारु नगर्ने सहमती भएको मेयरकी प्रेस संयोजक कीर्तिका प्रजापतिले बताइन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यका लगायत विभिन्न शहरहरूमा दैनिक सयौंको संख्यामा संक्रमितहरू बढिरहेको अवस्थामा भक्तपुरमा सार्वजनिक सवारी संचालन गर्न नहुने बैठकले निष्कर्ष निकालेको बताइएको छ । भक्तपुर नगर क्षेत्रमा मात्र २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको अवस्था रहेकोले संक्रमणको सम्भावनालाई मध्यनजर गरी सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    कोरोना संक्रमणको विषम परिस्थितिमा कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलिन नदिन भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू भाद्र ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले पुष्टि गरे ।

    त्यसैगरी नगर प्रमुख प्रजापतिकै अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकेको समयमा व्यवसायीहरूले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै व्यापार व्यवसाय गर्न/गराउन पहल गर्ने निर्णय समेत गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...