News Portal

  • अवज्ञा गर्नेविरुद्ध कारबाही

    ५८७ पटक

    काठमाडौ, २६ भदौ । काठमाडौं उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुुरु भएको छ ।

    महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले दशैँ–तिहार नजिकिँदै गएकाले पनि सवारीको चाप ह्वात्तै बढेको हुनसक्ने बताउनुभयो । जोर–बिजोरको पालना नगरी चलाइएका एक हजारभन्दा बढी सवारी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ ।

    कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय तोकिए पनि अधिकांश व्यवसाय खुलेपछि कोरोना सङ्क्रमणको त्रास बढेको छ ।

    काठमाडौं उपत्यकाको भित्री बस्ती, टोल र गल्लीका प्रायः सबै किराना पसल तथा व्यवसाय खुलेका छन् । पसल तथा व्यवसाय नियमित रूपमा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ ।

    निषेधाज्ञा खुकुलो भएको पहिलो दिनमा नै जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पूर्ण पालना भएको देखिँदैन । पसलहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । न्युरोड रञ्जना मलका व्यापारी राजेश गुप्ता पहिलो दिनमा सरसफाइ गर्नुपर्ने भएकाले सतर्कता नअपनाइएको बताउनुहुन्छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभयो । विभिन्न निकायबाट बजार अनुगमन भइराखेको भन्दै उहाँले भन्नुभयो, सञ्चालन गर्न सकिने १९ बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...