चितवन, २७ भदौ । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार बिहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो पन्छाएर एकतर्फी बाटो खुला गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले भन्नु भयो बिहान खसेको पहिरो पन्छाएर १० बजे एकतर्फी खुला गरिएको थियो । शुक्रबार दिउसो ३ः४० बाट दुइ तर्फि यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो ।
रातिदेखि परेको वर्षााको कारण मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । दुइदिन अगाडि मात्रै सोही सडक खण्डको भतेरीमा पहिरो खसेर केही घण्टा सडक अवरुद्ध भएको छ । गोरखापत्र दैनिकबाट