News Portal

  • जाजरकोटमा गिद्धका ४० गुँड भेटिए

    इभक्तपुर संवाददाता
    ७५९ पटक

    जाजरकोट, २८ भदौ । विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन् । प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो ।

    नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा एक महिना लगाएर गरिएको खोज तथा अध्ययनबाट ४० गुँड फेला परेका हुन् । उपयुक्त बासस्थान र हावापानीका कारण प्रकृतिको कुचीकारको रुपमा चिनिने गिद्धले जाजरकोटमा गुँड लगाउने गरेको छ ।

    जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिका र वारेकोट गाउँपालिकामा गरिएको खोजमुलक गणनाबाट सुन गिद्धको एउटा गुँड, सेतो गिद्धका तीन गुँड, हिमाली गिद्धका ३३ गुँड र हाडफोर गिद्धका तीन गुँड गरी ४० गुँड फेला परेको खोजकर्ता सिंहले जानकारी दिए । उनका अनुसार जिल्लाभर विश्वमै दुर्लभ सुन गिद्धको संख्या ४ र सेतो गिद्धको संख्या ६ रहेको छ ।

    त्यस्तै हिमाली गिद्ध ७६, हाडफोर ८ र राजगिद्धको संख्या २ गरी जम्मा ९६ गिद्ध रहेका छन् । जाजरकोटमा यी ५ प्रकारका विश्वकै दुर्लभ गिद्धहरु पाइनुका साथै रेडपान्डा, चिरकालीज लगाएतका जन्तुहरु पनि पाइने गरेका छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...