News Portal

  • स्थायी कमिटीले दियो नयाँ ऊर्जा

    इभक्तपुर संवाददाता
    ६१८ पटक

    काठमाडौं, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभत्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् ।

    विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ । बुुद्धिजीवीहरूको भनाइमा अब पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछ ।
    “यी कुरामा स्पष्ट भएपछि सरकार र पार्टी आफैँ सहज ढङ्गले सञ्चालन हुनेछ,” राजनीतिक विश्लेषक लालबाबु यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवै प्रभावित भएका थिए, न राम्रोसँग सरकार सञ्चालन भएको थियो, न पार्टी नै तर अब बाँकी सबै समस्याको समाधान हुनेछ ।”

    अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ । उहाँले भन्नुभयो, “अध्यक्षद्वयको कार्यविभाजनले पार्टी र सरकार सञ्चालन गर्न सजिलो भएको छ, नत्र मुख्य समस्या नै त्यसैमा थियो ।’’ तर, अध्यक्षद्वयको कार्यविभाजनबाहेक पार्टीभित्रका अन्य समस्या यथावत् रहेको उहाँको बुुझाइ छ ।
    नेकपा स्थायी समितिको निर्णयअनुसार नेकपाका अध्यक्ष ओलीले वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालन गर्नुुहुने छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारीका रूपमा पार्टी सञ्चालन गर्नुहुनेछ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...