News Portal

  • यो वर्ष मात्रै १८ ठूला पहिरो, आजको पहिरो सुरक्षित सोचेको स्थानमा

    ७५६ पटक

    काठमाडौं, २९ भदौ । यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो । त्यो पहिरोमा परेर ६३ जनाको ज्यान गयो भने २० जनाभन्दा धेरै हराइरहेका छन् । यो बर्ष नेपालमा जुन १२ मा मनसुन भित्रिएको थियो । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २५० भन्दा धेरै र बाढीबाट ३६ जनाको ज्यान गएकोे छ । केन्द्रका अनुसार पहिरोमा परी ५० भन्दा धेरै जना र बाढीले बगाएर ३५ जना बेपत्ता भएका छन् ।

    मनसुन अझै सकृय छ । मनसुन अवधिमा ४३६ स्थानमा पहिरो गएको थियो । पहिरोका कारण ६६४ परिवार प्रभावित र १ सय ९० जना घाइते भएको केन्द्रले जनाएको छ । यसैगरी, मनसुन अवधिमा ७९ वटा बाढीका घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ४ सय ६४ परिवार प्रभावित भए भने नौ जना घाइते भएका थिए । आइतबार बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये मध्यान्नसम्म सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । पहिरोमा अझै २४ जना हराइरहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

    शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ–ठाउँमा पहिरो गएको छ । माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उहाँले बताउनुभया । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो । पहिरोको कुनै पनि जोखिम नभएको ठाउँमा पहिरो गएपछि क्षति धेरै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन ।’ घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ ।

    नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीनसय जनाको मृत्यु बाढीपहिरोका कारण हुने गरेको छ । यस वर्ष मनसुन सुरु भएयता ११४ जनाले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा एक अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको छ । गोरखापत्रले दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...