News Portal

  • आज ३४ किमी खण्डमा परीक्षणको रूपमा रेल सञ्चालन हुँदै

    ८०० पटक

    जनकपुर, २ असोज । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रवार परीक्षणको रूपमा रेल सञ्चालन हुने भएको छ । भारत सरकारको कम्पनी कोंकण रेलवे कर्पोरेशनले निर्माण गरेको रेल बिहीवार बेलुका जयनगर आइपुगेको छ ।

    करीब १३ सय यात्रु क्षमता रहेको रेल सीमावर्ती जयनगरबाट शुक्रवार जनकपुर ल्याइँदै छ । शुक्रवार रेलको परीक्षण गरिने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

    परीक्षण सञ्चालनका क्रममा रेलमा कुनै समस्या नआए शुक्रवार नै भारतीय कम्पनीले नेपाललाई जिम्मा लगाउनेछ । उक्त रेल कम्पनीकै प्राविधिकहरूले चलाएर नेपालको जनकपुरसम्म ल्याउने भट्टराईले बताए । नियमित रूपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुने उनले जानकारी दिए ।

    भारतमा बनेको रेलको यात्रु क्षमता करीब २६ सय छ भने कम्पनीले ती रेल केही साताअघि सीमावर्ती विहारको हाजीपुर ल्याइपुर्‍याएको थियो ।

    भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालनको तयारी रहेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...