News Portal

  • जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ असोज
    ९७० पटक
    भक्तपुर, ३ असोज

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच कार्यालयले बिपद्का बेला चुस्त, दुरुस्त र प्रभावकारी सेवा दिईरहेको बताए । उनले श्रोत र साधनको अभावका बाबजुद पनि जोखिम मोलेर नै अग्नि नियन्त्रकहरुले आगो निभाइरहेको भन्दै प्रशंसा गरे ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हालसम्म गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालय कानुन बमोजिम स्थानीय तह वा राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरण अन्तर्गत लैजाने प्रकृया भैरहेको जानकारी गराइन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर जिल्ला सानो रहेको र बिपद्का बेला समयमै जहाँ पुग्न पनि कठिन नरहेकाले यसै कार्यालयलाई जिल्लाका ४ वटै स्थानीय तहसँग समन्वय गरी संचालन गर्नु उपयुक्त हुने सुझाव दिएका थिए भने मध्यपुर थिमि नगरपालिका बरिष्ठ कानुनी सल्लाहकार केशब सिलवालले कार्यालयलाई नगरपालिकाको तर्फबाट निरन्तर सक्दो सहयोग जारी रहने प्रतिवद्धता प्रकट गरे ।

    कार्यालय प्रमुख राजनप्रसाद दाहालले कार्यालयका लागि एउटा सानो दमकल अपुग रहेको बताए । सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका ४ वटै नगरपालिकासँग समन्वय गरिएको जानकारी गराउदै उनले सबैको साथ् र सहयोग प्राप्त भैरहने बिश्वास व्यक्त गरेका थिए । उनले कर्मचारीको बृत्ति बिकासका लागि चौतर्फी पहल गरिएको र भौतिक पूर्वाधारको लागि करिब रु ६ करोड ८६ लाखको लागतमा नयाँ भवन बन्ने क्रममा रहेको जानकारी गराए ।

    कार्यक्रममा जुद्ध वारुणयन्त्रका सुचना अधिकारी विजय धौभडेलले दमकल र जनशक्ति अभाव र जीर्ण भवनका कारण समस्या परिरहेको भएपनि सबैको सहयोगले काम गर्दै आएको बताए । तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी वि.सं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र कार्यालयले निकै कठिनाइका बाबजूद भक्तपुर भित्र मात्र नभई काठमाडौं, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म पुगेर सेवा प्रवाह गर्दै आइरहेको उनको भनाइ छ ।

    ७७ औं स्थापना दिवस कार्यक्रममा जिसस प्रमुख गेलाल,प्रजिअ पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारादेबी थापा लगायतले कार्यालयका कर्मचारी हेभी फायरम्यान केशब श्रेष्ठलाई बर्षको सर्बाेत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेका थिए भने फायरम्यान केशब चापागाईं,सवारी चालक बिकास त्वायना र कार्यालय सहयोगी निशा बुढाथोकीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरे । उक्त अवसरमा दाता बिएम सप्लायर्सका प्रमुख धु्र्वकुमार श्रेष्ठ र मध्यपुर थिमि नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...