News Portal

  • स्वास्थ्यमन्त्री ढकाल पुनः होम क्वारेन्टाइनमा

    ६४३ पटक

    काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन् । उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

    उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ ।’ तिवारीले भने, ‘भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ ।’
    तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन् ।

    यस अगाडि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए । तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए । ढकालको कोरोना भाइरस सरे नसरेको पुष्टि गर्न नमूना परीक्षण गर्दा नेगेटिभ आएपनि केहि दिन स्वास्थ्य मन्त्रालय नगई होम क्वारेन्टाइनमा बसेका छन् । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...