News Portal

  • अन्ततः खुल्यो लोकसेवा

    ७३५ पटक

    काठमाडौं, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

    कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए ।

    गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । परीक्षा सञ्चालन हुने क्रममा कोभिड महामारी सुरु भएसँगै सबै परीक्षा स्थगित भएको थियो । अब सो परीक्षा कात्तिकमा सञ्चालन गरिनेछ । पहिलो चरणमा शाखा अधिकृतका लागि ३ हजारले नाम निकालेका थिए ।

    नायब सुब्बाको परीक्षा पनि सञ्चालन गर्ने निर्णय भएको छ । नायब सुब्बातर्पm पनि दोस्रो चरणको परीक्षा भएको थिएन । सुवेदीले नायब सुब्बाको दोस्रो चरणको परीक्षा मंसिरमा गर्ने गरी तयारी थालिएको जानकारी दिए । सुवदीका अनुसार परीक्षा सञ्चालन गर्दा सुरक्षाका सबै विधि अपनाइनेछ ।

    सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः १८, १९ र २० कात्तिकमा हुनेछ । यस्तै व्यवस्थापिका संसद्तर्फ पहिलो पत्रको परीक्षा २१ कात्तिकमा र दोस्रो पत्रको परीक्षा २२ कात्तिकमा हुनेछ । यसैगरी, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवातर्फ खुला तथा समावेशी र्फको दोस्रो चरणको परीक्षा २३ कात्तिकदेखि सुरु हुने लोकसेवा आयोगले जनाएको छ ।

    आयोगका अनुसार नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा ७ मंसिरमा तथा तृतीय पत्रको परीक्षा ८, ९, १० र ११ मंसिरमा तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने १२ मंसिरमा हुने आयोगले जनाएको छ ।

    यसैगरी, यसअघि रोकिएको सहसचिवतर्फको कृषि सेवातर्फ बाँकी रहेको पदमा समेत परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै, सूचना प्रविधितर्फ आइटी सहसचिवको स्थगित लिखित परीक्षा पनि छिट्टै लिने निर्णय गरिएको आयोगले जनाएको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...