News Portal

  • विकास प्रहर र राज सागरकाे’बहुलाएँ म’मा उपेन्द्र,प्रकृती र अर्शुकाेे स्क्रिन सेयर(भिडियोसहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० असाेज
    १५५६ पटक
    भक्तपुर, १० असाेज

    पत्रकार समेत रहेका गजलकार विकास प्रहरको “बहुलाएँ म” बोलको गजलमा म्यूजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युबमार्फत सार्वजनिक समेत गरेको छ ।

    भक्तपुरको दुवाकोट घर भएका प्रहरको शब्दमा उनिएको “बहुलाएँ म” बहुचर्चित गजल हो । यस अघि श्रब्यमा उपलब्ध यस गजललाई गायक राज सागरले स्वर र संगीत भरेका हुन् भने संगीत संयोजन किरण कडेलको रहेको छ । श्रोताहरुले ज्यादै मन पराएर इमेज अवार्ड, कालिका अवार्ड लगायत बिभिन्न अवार्डमा नोमिनेसनमा परेपछि यसलाई म्युजिक भिडियोको रुपमा निर्माण गरी सार्वजनिक गरिएको हो ।गजललाई सांगीतिक रुपमा उत्थान र बिकास गर्नुपर्छ भनेर आफूहरुले अभियानको सुरुवात गरेकाे र  “बहुलाएँ म” काे  म्युजिक भिडियो त्यसकै उपज भएकाे गजलकार  प्रहरले प्रष्ट पारे ।

    म्युजिक भिडियोमा उपेन्द्र ढकालको सशक्त अभिनय देख्न सकिन्छ भने ढकालसंग प्रकृती खतिवडा, अश्रु महर्जनले स्क्रिन सेयर गरेका छन् । म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् भने सह निर्देशन आकाश उखेडाको रहेको छ । यसको स्क्रिप्ट सागर भट्टले तयार पारेका हुन् भने प्रख्यात घिमिरेको नृत्य निर्देशन गरेका छन् । त्यसैगरी म्यूजिक भिडियोलाई सुजय गौतमले छायांकन गरेका छन् भने भिडियोको सम्पादन प्रज्वलित पराजुलीको रहेको छ ।

    आशिस श्रेष्ठले निर्माण ब्यबस्थापन गरेको यस म्युजिक भिडिओलाई निर्माताद्वय सञ्जय भंडेल र अरुण खड्काले बजारमा ल्याएका हुन् ।बिहीवार युट्युब मार्फत सार्वजनिक यस भिडिओलाई २ दिनमा १८ हजार बढी दर्शकले हेरेका छन् ।

    हेर्नुस् बौलाए म

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...