पत्रकार समेत रहेका गजलकार विकास प्रहरको “बहुलाएँ म” बोलको गजलमा म्यूजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युबमार्फत सार्वजनिक समेत गरेको छ ।
भक्तपुरको दुवाकोट घर भएका प्रहरको शब्दमा उनिएको “बहुलाएँ म” बहुचर्चित गजल हो । यस अघि श्रब्यमा उपलब्ध यस गजललाई गायक राज सागरले स्वर र संगीत भरेका हुन् भने संगीत संयोजन किरण कडेलको रहेको छ । श्रोताहरुले ज्यादै मन पराएर इमेज अवार्ड, कालिका अवार्ड लगायत बिभिन्न अवार्डमा नोमिनेसनमा परेपछि यसलाई म्युजिक भिडियोको रुपमा निर्माण गरी सार्वजनिक गरिएको हो ।गजललाई सांगीतिक रुपमा उत्थान र बिकास गर्नुपर्छ भनेर आफूहरुले अभियानको सुरुवात गरेकाे र “बहुलाएँ म” काे म्युजिक भिडियो त्यसकै उपज भएकाे गजलकार प्रहरले प्रष्ट पारे ।
म्युजिक भिडियोमा उपेन्द्र ढकालको सशक्त अभिनय देख्न सकिन्छ भने ढकालसंग प्रकृती खतिवडा, अश्रु महर्जनले स्क्रिन सेयर गरेका छन् । म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् भने सह निर्देशन आकाश उखेडाको रहेको छ । यसको स्क्रिप्ट सागर भट्टले तयार पारेका हुन् भने प्रख्यात घिमिरेको नृत्य निर्देशन गरेका छन् । त्यसैगरी म्यूजिक भिडियोलाई सुजय गौतमले छायांकन गरेका छन् भने भिडियोको सम्पादन प्रज्वलित पराजुलीको रहेको छ ।
आशिस श्रेष्ठले निर्माण ब्यबस्थापन गरेको यस म्युजिक भिडिओलाई निर्माताद्वय सञ्जय भंडेल र अरुण खड्काले बजारमा ल्याएका हुन् ।बिहीवार युट्युब मार्फत सार्वजनिक यस भिडिओलाई २ दिनमा १८ हजार बढी दर्शकले हेरेका छन् ।
हेर्नुस् बौलाए म