News Portal

  • दशैंमा हलमै गएर हेर्न पाइएला त नेपाली चलचित्र ?

    इभक्तपुर संवाददाता
    ९९५ पटक

    काठमाडौं, १५ असोज । दशैं–तिहारको सिजन नेपालीचलचित्र प्रदर्शनका लागि बैंसालु समय मानिन्छ । तर यस पटक कोरोना महामारीका कारण न त हल मालिकहरू ‘चलचित्र ल्याऊ, म देखाउँछु’ भनिरहेका छन्, न चलचित्र निर्माताले ‘हल खोल, म चलचित्र दिन्छु’ भनेको नै सुनिएको छ । आमनागरिकले कोरोनासँग बाँच्ने मनस्थिति बनाइरहेको सन्दर्भमा पनि यो सुस्ती किन ?

    यस सुस्तीलाई तोड्न अघि सरेको छ– ‘चलचित्र विकास बोर्ड ।’ अब प्रदर्शनमा आउने नेपाली चलचित्रको प्रचार सामग्री छपाइदेखि भीभीपीसी र इन्कोडिङजस्ता प्राविधिक कार्यसम्म बोर्डले गरिदिने भएको छ ।

    कोरोना महमारीका कारण सात महिनादेखि ठप्प हुन पुगेको नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाउन बोर्डले प्रचार सामग्री छपाइदेखि इन्कोडिङसम्म गरिदिने भएको हो । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार कोरोना महमारीका कारण ठप्प हुन पुगेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले सघाउन लागेको हो । उनका अनुसार आगामी ६ महिनासम्म प्रदर्शनमा आउने नेपाली चलचित्रको पोस्टर र स्टिकर छपाइदेखि भीभीपीसी र इन्कोडिङ गर्ने कार्यसम्म बोर्डले सहजीकरण गर्नेछ ।

    ‘कोरोनाका कारण ७ महिनादेखि यो क्षेत्र ठप्प छ । यो विकराल समयमा रिलिजमा आउने फिल्मलाई प्रोत्साहित गर्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले भूमिका खेल्नेछ । यसका लागि पब्लिसिटी डिजाइन प्रिन्ट गर्न र भीभीपीसी तथा इन्कोडिङ गर्न सम्बन्धित संस्थासँग बोर्डले समन्वयकारी भूमिका खेल्नेछ । नभए आपैmले खर्च गरेर सघाउनेछ’, दाहालले भने– ‘जतिसक्दो चाँडै सिनेमा हल खोल्न र छायांकन कार्य खुलाउन नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघसहित बोर्डले सीसीएमसी बोर्डलाई अनुरोध गरेको छ । उनीहरू चाँडै हल खोल्ने वातावरण बनाउन सकरात्मक छन् । तर हल खुलिहाले पनि दर्शकलाई हलमा आउन सुरक्षित छ भन्ने विश्वास दिलाउनु जरुरी छ । त्यसका लागि सघाउन बोर्ड अगाडि सरेको हो । तर यस्तो सहयोग शुरूको ६ महिनाका लागि हुनेछ ।’

    यसबाहेक बोर्डले प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसारमा पनि सघाउने दाहालले जानकारी गराए। ‘चलचित्र चलाउन केही साता प्रचार गर्नु जरुरी छ । त्यसका लागि बोर्डले सरकारी मिडियामा ५० प्रतिशत छुटमा चलचित्रको प्रचार प्रासार गर्ने सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिभिजिनमा चलचित्रको विज्ञापन गर्ने चलचित्रले ५० प्रतिशत छुट पाउनेछन् । रेडियो नेपाल र गोरखापत्रमा पनि कुरा भइरहेको छ । यसबाहेक अन्य निजी टेलिभिजनमा पनि कुरा भइरहेको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...