News Portal

  • चाँगुनारायणका १ हजार बढी छात्रालाई स्यानेटरी प्याड वितरण

    हेमराज ढकालचाँगुनारायण, १५ असोज
    १०११ पटक
    चाँगुनारायण, १५ असोज

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् ।

    विद्यालयका प्रार्चाय मार्फत उक्त स्यानेटरी प्याड कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई निःशुल्क रुपमा वितरण हुने उपप्रमुख बास्तोलाले जानकारी दिएकी छिन् । नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको छ । जुन संघीय सरकारले सुरु गरेको अभियान हो ।

    कार्यक्रममा बोल्दैं उपप्रमुख बास्तोलाले भनिन् ‘महिनावारी भएपछि छात्राहरु स्कुल आउन बन्द गर्ने भएकाले सरकारलेनै यस्तो कार्यक्रम लागू गरेको हो ।’ चाँगुनारायण नगरमा सामुदायिक विद्यालयलाई पनि अन्य सरह बनाउन मुख्य भूमिका प्रधानाध्यापक भएको उनको भनाई छ । सबै क्षेत्र मिलेर मात्र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन सकिने उपप्रमुख बास्तोलाले बताइन् । छात्राहरुको शारिरीक र मानसिक स्वास्थ्यमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छौं, बास्तोलाले भनिन् ।

    कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले उपलब्ध भएको प्याड लक्षित छात्रासम्म पु¥याउने दायित्व विद्यालय प्रमुखको भएको बताए । उनले यसपछि छात्राको अनुपस्थिती हुने दरलाई न्यूनिकरण गर्न सहयोग पुग्ने आशा लिए ।
    उक्त कार्यक्रममा चाँगुनारायण माविका प्रार्चाय दधिराम गेलाल, नगरपालिका शिक्षा शाखाकी मिरा तिमिल्सेना, विभिन्न विद्यालयक प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

    नगरपालिकामा रहेका ९ वटै वडामा रहेका २४ सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सय ४ जना छात्रालाई स्यानेटरी प्याड वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...