News Portal

  • राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा तनाव

    ५८५ पटक

    बुटवल, २० असोज । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसद्मा भएको छलफलमा तनाव भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को अवरोधबीच संसद् अगाडि बढाउँदा तनाव भएको हो ।

    सरकारले औचित्यविना बुटवलबाट दाङमा राजधानी सार्न लागेको भन्दै कांग्रेस र जसपाका सांसदले बैठक अवरुद्ध गरे पनि सभामुख पूर्णबहादुर घर्तीले कुनै सुनुवाइ नगरी बैठक अगाडि बढाएका थिए । विरोध र नाराबाजी गर्दै रोस्ट्रममा पुगेका विपक्षी दलका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुखले बैठक अगाडि बढाएका थिए ।

    पहिलो बैठक सुरु भएको १० मिनेटमै कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । २ बजे बस्ने भनिएको बैठक झन्डै साढे ३ बजे सुरु भएको थियो । बैठक पुनः सुरु भएलगत्तै कांग्रेस र जसपाका सांसदहरू फेरि रोस्ट्रममा पुगेका थिए । विपक्षी दलको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदहरूले कुर्सी टेबल फोडेका थिए ।

    कांग्रेस सांसदहरू वीरेन्द्र कनौडिया, फकरुद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायत आफ्नो आवाजको सुुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका छन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...