News Portal

  • बिटोभित्र पनि नक्कली नोट

    ७६५ पटक

    काठमाडौं, २० असोज । दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

    खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउँछन् ।

    बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए ।

    बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेस् नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छस् नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...