News Portal

  • पाँच जना हवाई यात्रुमा कोरोना देखिएपछि

    ८३६ पटक

    काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेको पाँच जनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।

    ‘आरए ४०९९’ उडानमार्फत एक सय २० जना यात्रु बोकेर असोज १६ गते राती नेपालबाट उडेको उक्त विमानका याुत्रको १७ गते रिपोर्ट आएको थियो । त्यहाँको विमानस्थलमा स्वास्थ्य परिक्षणको क्रममा पाँच जना नेपालीको कोरोना पुष्टि भएपछि हङकङले कार्तिक १ सम्म निगमको उडानमा रोक लगाएको छ ।

    निगम प्रवक्ता अर्चना खड्काका अनुसार हङकङमा साताको दुई उडान हुँदै आएपनि उडानमा लागेको प्रतिबन्धको समय अवधिमा दुई वटा उडान तालिका रहेको र उक्त उडानहरु रद्द हुने जनाइएको छ ।
    निगमले तोकिएको स्वस्थ्य मापदण्डको आधारमा यात्रुलाई विमान चढाउँदै आइएको र उक्त उडानमा रहेका यात्रुले पनि ७२ घण्टा अधिको स्वास्थ्य परिक्षण रिपोर्ट बुझाएर नै उडानमा सहभागी भएको उनको भनाई छ ।

    नेपालमा गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि हङकङमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएका कारण निगमको दुई सातको उडानमा रोक लागेको र अन्य कुनै पेनाल्टीबारे जानकारी नआएको खड्काले बताइन् ।

    नेपालमा कोरोना परिक्षण गराएपछि यात्रु वाहिरी व्यक्तिको सम्पर्कमा गएको हुन सक्ने र उक्त लापरवाहीको भागिदार विमान कम्पनी हनुपरेको उनको भनाई छ ।

    परिक्षण पश्चाल भोजभतेर तथा किनमेल र आफन्तसंग भेटघाट घेरै हुनेभएकाले अन्य व्यक्तिबाट यात्रुमा कोरोना संक्रमण हुन सक्ने समेत निगमको अनुमान छ ।

    त्यहाँको स्वास्थ्य मापदण्डको आधारमा सबै यात्रुलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था रहेको छ । नेपाल फर्किएको उक्त विमानका चालक दलका सदस्यमा कुनै प्रकारको लक्षण नरहेको समेत निगमले जनाएको छ । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...