News Portal

  • सुडालमा रहस्यमय हत्या : जग्गा हेर्न आएकाले लिए योन्जनको ज्यान

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २२ असोज
    ४२९१ पटक
    भक्तपुर, २२ असोज

    भक्तपुरमा जग्गा हेर्ने बहानामा आएका अपरिचित ब्यक्तिको कुटपिटबाट एकजनाको ज्यान गएको छ । जग्गा देखाउन गएका एक स्थानीयले जग्गा किन्ने भनिएका ब्यक्तिहरुको कुटपिटबाट ज्यान गुमाएका हुन् ।

    यसरी ज्यान गुमाउने ब्यक्ति चागुनारायण नगरपालिकास्थित  सुडालका ६१ वर्षिय चन्द्रकुमार योन्जन हुन् । जन्म घर रामेछाप भइ पछिल्लो  समय सुडालमा घरजम गरेर बसेका योन्जनलाई जग्गा किन्ने बहानामा एकान्तस्थानमा पुर्याइ कुटपिट भएको र सोही कारण उनको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

    पारिवारिक श्रोतका अनुसार हिजो बुधवार साझ करिब ४ः३० बजे जग्गा किन्न भनी फोन सम्पर्क गरि अपरिचित मानिसहरु आएका थिए । २ वटा मोटरसाइकलमा आएका उनीहरुले उनको  सुडालस्थित घरमै  संचालित खाजाघरमा बसी बियर समेत खाएका थिए ।  जग्गा देखाउन लिएर गएपछी उनीहरुले एकान्तस्थलमा योन्जनलाई कुटपिट गरि उनले लगाएको सुनको ब्रास्लेट लगायत  लुटेर फरार भएका थाहा भएको छ ।

    घटनापछि गम्भीर घाइते  योन्जनलाई उपचारको लागि ठिमीस्थित मध्यपुर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौको ग्रीनसिटी   अस्पताल पुर्याइएका योन्जनको बिहीबार बिहान ज्यान गएको हो ।

    कुटपिटबाट योन्जनको ज्यान गएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी केशवकुमार थेबेले पुष्टि गरेका छन् ।  घटनामा संलग्नहरुको खोजी भैरहेको उनको भनाइ छ । घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाको टोलीसमेत खटेको जानकारी प्राप्त भएको छ ।
    मृतक योन्जनको कसैसंग शत्रुता नरहेको स्थानीय बताउछन् । सम्साझै रहस्यमय तरिकाले कुटपिट र हत्यापछि स्थानीय स्तब्ध भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...