News Portal

  • कोरोना संकटः सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

    ७०० पटक

    काठमाडौं, २५ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो ।

    सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो । चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न सरकारले अनुरोध गरेको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद र टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।

    सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न सरकारले भनेको छ । भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न सरकारले अनुरोध गरेको छ ।

    प्रवक्ता गौतमले सार्वजनिक स्थालमा नथुक्न भनेका छन् । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न उनको अनुरोध छ ।

    मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै कार्यक्रममा सहभागी नहुनु भनेको छ । कुनै कार्यक्रम गर्नुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

    सरकारले भनेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही हुने मन्त्रालयले जनाएको छ । अन्नपुर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...