News Portal

  • कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय बन्द

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २५ असोज
    १३०८ पटक
    चाँगुनारायण, २५ असोज

    जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएसंगै नगरपालिकाका सेवाहरु बन्द भएका छन् ।

    जनसम्पर्कमा रहेका कार्यालयमा कार्यरत २ जना अधिकृतहरुमा कोरोना पोजेटिभ पाइएपछि सबैजना नै क्वारेन्टाइनमा बस्नुपरेको र सोहीकारण कार्यालय बन्द गरिएको मेयर सोमप्रसाद मिश्रले बताए । मेयर मिश्रका अनुसार कन्ट्याक्ट ट्रेसिंगमा परेका सबै कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । सोको रिपोर्ट नआउन्जेलका लागि कार्यालय बन्द गरेको उनले जानकारी गराए ।

    ”रिपोर्ट आएपछि पोजेटिभ आउनेहरु आइसोलेसनमा बस्नुहुन्छ र नेगेटिभ आउनेहरुबाट कार्यालय संचालन गरिनेछ ।” उनले भने ।

    चाँगुनारायण नगरपालिका हालसम्म कोरोनाबाट कम प्रभावित नगरपालिका हो । जिल्लाका अन्य नगरपालिका भन्दा यहाँ संक्रमित र मृतकको संख्या कम रहेको छ । नगर प्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म ३ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएतापनि सक्रिय संक्रमितको संख्या भने १ सय ४० रहेकाे छ । चाँगुनारायणमा कोरोनाको कारण एकजनाले मात्र ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...