News Portal

  • भक्तपुरका गायक कपिल कस्पालकाे काेराेना अनुभव : पिडा शब्दमा ब्यक्त गर्न सकिँदैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ असोज
    २६६१ पटक
    भक्तपुर, २६ असोज

    नेपाली शिरको कालो टोपी भक्तपुर…. लगायत दर्जनौ गीतहरुका गायक कपिल कस्पाल कोभिड १९ संग जुधिरहेका छन् । स्वास्थ्यकर्मी एवं सामाजिक अभियन्ता समेत रहेका गायक कस्पाललाई कोभिड संक्रमण पुष्टि भएपछि उनी भक्तपुर १ नपलीस्थित निवासमा होम आइसोलेसनमा रहेर रोगसंग जुधिरहेका हुन् ।

    लक्षण सहित कोरोना भाइरसले समातेपछि उनी बिश्वब्यापी महामारी भनिएको कोभिड १९ को पिडा भोग्न बाध्य बनेका छन् । कुनै औषधी नै नभएको भाइरसलाई परास्त गर्नेकुरा चानचुने नभएको गायक कस्पालले बताए ।

    कोभिड-१९ लाई खेलाचीको रुपमा नलिन समेत उनले अनुरोध गरेका छन् । ”जुन ब्यक्तिलाई पर्छ त्यो ब्यक्ति र परिवारको मानसिक परिस्थितिको कल्पना गर्दा नि कहालीलाग्दो हुन्छ । म अहिले त्यस्तै परिस्थितिमा कोभिड १९ संग पौठेजोरी खेल्दैछु ।” उनले भने ।

    नेपाली समाज,बस्तुस्थिति तथा आचरणका कारण कोभिड १९ घरमा घरमा पुग्ने सम्भावना भएको भन्दै उनले यसलाई रोक्न तत्काल व्यक्तिगत आचरणमा सुधार र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्नुको बिकल्प नभएको बताए ।” यो पाराले हाम्रो प्रत्येक घरमा ढिलाचाडो कोभिड १९ भित्रिने खतरा छ । आफैलाई नपरी नचेत्ने हाम्रो बुद्धिको बिर्को खोलेर यसलाई घर भित्र पस्न नदिन सजकता अपनाउन म आग्रह गर्दछु । उनले भने ।

    आफू सजग र सचेत रहँदारहँदै पनि स्वास्थ्यकर्मी भएका कारण धेरै बिरामीको सम्पर्कमा आउनुपरेकाले संक्रमित भएको हुनसक्ने उनले बताए । आफूलाई ज्वरोले धेरै नै थला पारेको र केहि खान मन नलाग्ने अवस्था रहेको भन्दै गायक कस्पालले यसबाट हुने पिडा शब्दमा व्यक्त गर्न नसकिने बताए ।”आफै स्वास्थ्यकर्मी भएका कारण पनि औषधीले रोगलाई नियन्त्रण गर्न नसक्दा थप डर लाग्ने रहेछ ।” गायक कस्पालले आफ्नो अनुभव सुनाए ।

    ज्वरो नघटेपछि भक्तपुर अस्पतालमा उनको स्वाब लिएर परिक्षण गर्दा गत बिहीवार उनमा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । सोमबार आफ्नो स्वास्थ्यमा केहि सुधारको महसुस भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...