News Portal

  • ‘मिसेस नेपाल’का लागि आवेदन खुला

    १२४५ पटक

    काठमाडौं, २९ असोज । ‘मिसेस नेपाल २०२०’ को आवेदन खुला भएको छ । आयोजक इ–प्लानेटले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर प्रतियोगितामा सहभागी हुन चाहनेले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिमध्ये पनि आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायतले प्रशिक्षण दिनेछन् । २१ वर्षदेखि ५५ वर्ष उमेरका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

    गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’ मा अनिला श्रेष्ठ, मनीषा डंगोल, पद्मिनी झा, रजनी थापा, मीना घिमिरेले नेपालको प्रतिनिधित्व गरिसकेका छन् । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...