News Portal

  • ४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’

    ११२१ पटक

    एजेन्सी । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्काे फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्मको बजेट पनि ३५० करोड थियो ।

    अब प्रभास चाँडै नै ओम राउतको फिल्म ‘आदिपुरुष’ मा देखिने भएका छन् । प्रभासको यो फिल्मको बटेज पनि निकै धेरै हुने बताइएको छ ।

    भारतीय मिडिया पिंकभिल्लामा प्रकाशित समाचार अनुसार प्रभासको नयाँ फिल्म आदिपुरुष ३५० देखि ४०० करोडको बजेटमा बन्नेछ ।

    फिल्मका निर्देशक ओम राउतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मैले पछिल्ला थुप्रै दिनेदखि यसमाथि अनुसन्धान गरिरहेको थिएँ र यस्तो गर्नका लागि लकडाउनले मेरो असाध्यै मद्दत गर्यो । आदिपुरुषको विषयमा मेरो दिमागमा जस्तो स्क्रिप्ट थियो फिल्म ठ्याक्कै त्यस्तै बनेको छ । मैले एकवर्ष अघि नै यसको स्क्रिप्ट लेखेर राखेको थिएँ । तर अहिले हामीले यसमा धेरै नै परिवर्तन गरेका छौं । तान्हाजी द अनसंग वारियरको अत्यधिक सफलतापछि मानिसहरु आदिपुरुषमा पनि यस्ता भिजुअल हेर्न चाहन्छन् । यस्तै यतिबेला प्रभास भारतका सबैभन्दा ठूला सुपरस्टार हुन् । त्यसैले जब हामीले यो फिल्मबाट बतायौं तब उनी निकै खुसी भए । उनीभन्दा राम्रो हिरो हामीले पाउन सक्दैनथ्यौं ।’

    एक स्रोतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मानिसहरु यतिबेला आफ्नो प्रोडक्सन र बजेटमा कटौती गरिरहेका छन् र ओम राउत र भुषण कुमार ९फिल्मका निर्माता० केही ठूलो गर्ने सपना देखिरहेका छन् । यो फिल्म सबैभन्दा ठूलो भारतीय फिल्म हुनेछ जो कोभिड–१९ पछि हलमा रिलिज हुनेछन् । यसमा जुन प्रकारको भीएसएक्सको प्रयोग गरिएको छ त्यो तपाईंले कुनै पनि भारतीय फिल्ममा अहिलेसम्म देख्नुभएको छैन । त्यसैले यो फिल्मको बजेट ३५० देखि ४०० करोडको हुनेछ ।’

    स्मरण रहोस्, आदिपुरुषमा प्रभासबाहेक सैफ अली खान पनि मुख्य भूमिकामा हुनेछन् जो नेगेटिभ भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा थुप्रै भाषा जस्तै हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...