News Portal

  • बुधबार साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी आइपुग्दै

    ५२० पटक

    काठमाडौं, ४ कार्तिक । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

    सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

    उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...