News Portal

  • बाराही साकाेसद्वारा २ लाख ५१ हजार हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ कात्तिक
    ९१७ पटक
    भक्तपुर, ४ कात्तिक

    भक्तपुर नगर भित्र रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले कोरोना नियन्त्रणका लागि रु. २ लाख ५१ हजार ३ सय ८४ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई श्री बाराही साकोसका अध्यक्ष बलराम प्रजापतिले मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकाको तर्फबाट सहकारीप्रति आभार प्रकट गरेका थिए भने विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको लागि उक्त रकमको सहि सदुपयोग हुने बताएका थिए । ”भक्तपुर नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायतका आवश्यक व्यवस्थापनको लागि यसले ठुलो मद्दत पुग्छ ।” उनले भने ।

    कोभिड १९ विरुद्धको लडाई सामुहिक एकताबाट मात्र सम्भव भएको भन्दै मेयर प्रजापतिले यस्तैबेला मानिसको चरित्रको परीक्षा हुने प्रष्ट पारे । कार्यक्रममा संस्थाका अध्यक्ष प्रजापतिलाई भक्तपुरका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...