News Portal

  • पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन

    ८३० पटक

    काठमाडौं, ५ कार्तिक । सरकारले चालू आर्थिक वर्षको बजेटमा राजस्वका लक्ष्य महत्त्वाकांक्षी राख्दा आर्थिक गतिविधि ठप्पसरह भएका बेला पहिलो त्रैमासमा लक्ष्य भेट्नै कठिन परेको छ ।

    लामो बन्दाबन्दी तथा निषेधाज्ञा साउनदेखि अलि खुकुलो भएसँगै पहिलो त्रैमासमा राजस्व संकलनमा सुधार देखियो तर सरकारको लक्ष्य भने भेट्न कठिन देखिएको छ ।

    पहिलो त्रैमासमा सरकारले राजस्व संकलन वार्षिक लक्ष्यको करीब साढे १७ प्रतिशत मात्रै प्राप्ति गरेको छ । सरकारी आँकडाअनुसार चालू वर्षको साउन महीनामा सरकारले वार्षिक लक्ष्यभन्दा १ अर्ब ४६ करोड कम राजस्व संकलन गरेको छ । भदौ महीनामा लक्ष्यभन्दा ११ अर्ब ५३ करोड राजस्व कम संकलन भएको छ । असोज महीनामा ११ अर्ब ९७ करोड राजस्व कम उठेको छ ।

    चालू वर्षमा सरकारले १० खर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य बजेटमार्फत लिएको छ । यसमध्ये पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब राजस्व उठेको सरकारी आम्दानी र खर्चको हिसाब राख्ने अर्थ मातहतको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...