News Portal

  • दशैँमा पनि विदेशिनेको संख्या उस्तै

    ५८८ पटक

    काठमाडौं, ५ कार्तिक । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्काे मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्काे बढ्दै छ ।

    लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।

    यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।

    १६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र १ भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”

    उहाँजस्तै कुवेत जान श्रम हिँड्नुभएका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको जानकारी दिनुभयो । भिसाको म्याद पनि सकिँदै छ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, उहाँले निराश हुँदै भन्नुभयो, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”

    रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्याे होला र १ त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर ।

    गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झन्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ ।

    गत असारदेखि असोजसम्म १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । दशैँ, तिहारको समयमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ, उहाँले भन्नुभयो, “कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुनसक्छ । ”

    वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोजमा मात्रै आठ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा दुई हजार ४९४, साउनमा दुई हजार ९७९ जना र भदौमा एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए ।

    सो कार्यालयका अनुसार असोजमा श्रम स्वीकृति लिएकामध्ये सात हजार ६७६ पुरुष र ४२१ महिला छन् । चार हजार ५०५ जनाले पुनः श्रम स्वीकृति, ४०१ जनाले वैधानीकरण गरेर र ५१६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।

    असोजमा वैदेशिक रोजगारीमा जानलाई श्रम लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि दुई हजार ८३१ जना छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स ९यूएई०का लागि दुई हजार ६५१ जना, कतारका लागि एक हजार ३५१ जनाले श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...