News Portal

  • केटी साथीबारे बिबाद हुँदा आफ्नै साथीहरुद्वारा हत्या : भक्तपुर प्रहरीद्वारा २ जना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ कात्तिक
    १९२५ पटक
    भक्तपुर, ९ कात्तिक

    केटी साथी बारे बिबाद हुँदा भक्तपुरमा आफ्नै साथीहरुले एक व्यक्तिको हत्या गरेको खुल्न आएको छ ।३ जना साथीहरु संगै बसी मादक पदार्थ सेवन गरी फर्कनेक्रममा केटीको कुरा उठेपछि सोही बिषयमा विवाद हुँदा एक युवकले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउने युवक भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल  भक्तपुर नगरपालिका १ ईटापाको स्थित दुवाल मेटल कारखानमा पित्तलको भाडा बनाउने वर्ष ३५ को शाहिव हुसैन हुन् ।

    आइतवार विहान उनको शव भक्तपुर नगरपालिका २ ईटापाकोको प्लानिङ स्थित नरकटघारी खोल्सामा फेला परेको थियो । शव फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट एसपी तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली अनुसन्धानमा खटेको थियो भने महानगरीय अपराध महाशाखा टेकु बाट एसपी ईश्वर कार्कीको कमाण्डमा अर्को खटी आएको थियो ।

    तालिम प्राप्त २ वटा कुकुर झिकाई महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दै जाँदा मृतक सँगै काम गर्ने २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी गराइन । शंकास्पद देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दै जाँदा सलमान खान र सानु अन्सारीको हत्यामा संलग्नता पाइएको एसपी थापाको भनाइ छ ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले शनिवार राति मृतक संग बसी मादक पदार्थ सेवन गरेका र राति ९ बजे कारखाना फर्कने क्रममा भक्तपुर नगरपालिका २ ईटापाको स्थित नरकट घारीमा पुगे पछि सानु अन्सारीको गर्लफेन्डको विषयमा मृतक शाहिव हुसैन सँग विवाद भएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ ।

    मृतक साहिबले आफ्नो गर्लफ्रेन्डबारे अनुचित शब्दहरु बोलेको सोही विषयमा वादविवाद भई झगडा हुँदा मृतक शाहिव हुसैनलाई दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको उनीहरुले स्वीकार गरेको परिसरले जनाएको छ । उनीहरुको कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाहरुबाट रगत लागेको लुगा र जुत्ता फेला परेको महानगरीय रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी दिपक गिरीले जनाएका छन् । हत्याबारे थप अनुसन्धान भइरहेकाे डिएसपी गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...