News Portal

  • आन्तरिक पर्यटकले भरिभराउ होमस्टे

    ७४३ पटक

    लमजुङ, १५ कार्तिक । लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राइनास नगरपालिका–९ मा पर्ने राइनासकोट घुम्न र रमाउन आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।

    दशैँलगत्तै गाउँ पर्यटकले भरिभराउ हुन थालेको स्थानीयले बताएका छन् । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार यो समय गाउँमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । दशैँ बिदामा रहेका र बन्दाबन्दीका कारण घरमै बसेकाहरू राइनासकोट आएर घुम्ने गरेका छन् ।

    कोरोनाका कारण बस्ने व्यवस्था नभएकाले पर्यटक बिहान आएर दिनभर घुम्ने र बेलुका फर्कने गरेका छन् । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र गाउँमा घुम्न आग्रह गरिएको उनले बताएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...