News Portal

  • वीरगञ्ज नाकाबाट भटमासको तेल निकासी साढे ४ गुणा बढ्यो

    ७९६ पटक

    वीरगञ्ज, १६ कार्तिक । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित तेल भारत निर्यात भएको हो ।

    चालू वर्षको साउनदेखि असोजसम्मको ३ महीनामा निर्यात भएको परिमाण अघिल्लो वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा साढे ४ गुणा बढी भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । अघिल्लो वर्ष पहिलो ३ महीने अवधिमा वीरगञ्ज नाकाबाट बारा र पर्साका तेल उद्योगले ७ हजार ९८० मेट्रिकटन यस्तो तेल निकासी गरेका थिए ।

    भटमासको तेल यो वर्ष वीरगञ्ज भन्सारबाट निकासी हुने मुख्य वस्तुको पहिलो स्थानमा परेको छ । अघिल्लो वर्ष प्रशोधित पाम तेल निकासी गरेका उद्योगले यो वर्ष भटमासको तेल निकासीमा जोड दिएका हुन् ।

    भारतले गत माघमा पाम आयलको आयात रोकेको थियो । १ महीनाको प्रतिबन्धपछि कोटामा आयात अनुमति दिएको भारतले गत चैतमा पुनः प्रतिबन्ध लगाएको थियो ।

    बारा र पर्सा औद्योगिक कोरिडोरमा एक दर्जन तेल उद्योग रहेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...