News Portal

  • कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

    ६५१ पटक

    काठमाडौं, १९ कार्तिक । नेपाली कलाकारहरूले कोरोना भाइरस खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बनिसकेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफु नै सुरक्षित भएर बस्नुपर्ने सुझावसमेत दिएका छन् ।

    “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” कोरोना सङ्क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले बताएका छन् । दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएका उनले सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

    कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामापनि घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको बताउँन्छन् । “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।” उनले भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”

    यसैगरी आफ्नै घरमा एकान्तबास बसिरहका हास्य कलाकार मनोज गजुरेलले आफुमा कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकारेका छन् । सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहनसमेत उनले आग्रह गरेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...