News Portal

  • चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

    ७१८ पटक

    काठमाडौं, २० कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।

    सार्वजनिक खरिद ऐनको दफा ६९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ (२) कार्यान्वयनका लागि तयार पारिएको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ बमोजिम ६० लाख रुपैयाँमाथिको टेन्डर आह्वान गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर गर्नुपर्ने र ३० दिनको समयअवधि राख्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यापार कम्पनीले विद्युतीय खरिद प्रणालीअनुसार टेन्डर आह्वान नगरी १५ दिनको मात्र सूचना जारी गरेर आफूअनुकूल ठेकेदारलाई चामल खरिद गर्न लगाएको खुलासा भएको छ ।

    खाद्य व्यापार कम्पनीले कानुनी मापदण्ड पूरा नगरी चामल खरिद गरिरहँदा पनि सरकार मौन बसेको छ । चामल खरिदकै क्रममा कम्पनीका कर्मचारीले व्यापारीसँग कमिसन खान आन्तरिक मिलेमतोमा कानुनी मापदण्डविपरीत टेन्डर गरी बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सयदेखि ७ सय रुपैयाँ महँगोमा चामल खरिद गरेको छ । कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेको हो ।

    यति ठूलो रकममा १ लाख क्विन्टल चामल खरिद गर्दा राज्यलाई सिधै ५ करोडभन्दा बढी घाटा भएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेर गोदाममा थन्क्याएको चामलसमेत गुणस्तरहीन भएको पाइएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेको गुणस्तरहीन ५ ट्रक चामल अझै कम्पनीको थापाथलीस्थिति कार्यालयको गादोममा छ । कम्पनीले थापाथलीस्थित कार्यालयको गोदाममा भण्डारणका लागि १० हजार क्विन्टल सानो मन्सुली चामल राखेको छ । जसमध्येको ५ ट्रक गुणस्तरहीन भएको बताइएको छ ।

    स्रोतका अनुसार व्यापारीसँग कमिसन खान कम्पनीका कर्मचारीले सो गुणस्तरहीन चामल फिर्ता नगरी गोदाममै थन्क्याएर राखेका हुन् । व्यापारीसँग कमिसन खान तीन महिनादेखि गुणस्तरहीन चामल गोदाममै थन्क्याएर राखिएको स्रोतको भनाइ छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...