News Portal

  • बजारमा छैन तिहारको रौनक, बजार नपाउँदा भाइमसला सस्तियो

    ८८० पटक

    काठमाडौं, २० कार्तिक । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ ।

    सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन । कास्की घर भई कीर्तिपुरमा सानो होटल चलाएर बस्नुभएकी सावित्री भण्डारी कमाइ नहुँदा घरभाडा तिर्न नै ऋण परेकाले किनमेल गर्ने कुनै योजना नभएको बताउँछन् ।

    त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई खाना खुवाउने होटल सञ्चालन गरेकी भण्डारीको होटल गत चैतदेखि बन्द छ । अहिले खुला भए पनि कोही पनि आउँदैन बन्दजस्तै हो, उनले भनिन्। अघिल्लो तिहारमा पाँच दाजुका लागि भाइमसला र सानो उपहार गरी २५ हजार रुपियाँभन्दा बढीको किनमेल गरेकी कीर्तिपुरकै मीना दाहालले यसपटक भने किनमेल नगर्ने बताइन् ।

    पाँच दाजुकी एक्ली बहिनी उनले अघिल्ला वर्षहरूमा तिहार आउनुभन्दा १५ दिन अगाडि किनमेल गर्थिन् तर अहिले भने कोरोना सङ्क्रमण हुने डरले यसपटक टीका नै नलगाउने भनेर किनमेल गरेकी छैनन् । माथिका दुईवटा प्रतिनिधिमूलक भनाइले तिहार बजारमा पनि दशैँजस्तै मन्द हुने देखाउँछ ।

    कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आएका रवि शाहले यस्तो शून्य तिहार कहिल्यै नभएको बताए । उनका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन ।

    गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपियाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन, शाहले भने, “किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैन ।”

    मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उनले बताए ।

    नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाजन्य हरेक वस्तुको मूल्य गत वर्षभन्दा यो वर्ष घटेको देखिन्छ । सङ्घले तिहारमा प्रयोग हुने वा बढी कारोबार हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष प्रतिकेजी कम्तीमा २० देखि पाँच सय रुपियाँसम्म सस्तो भएको जनाएको छ ।

    सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले यसपटकको तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ र माग दुवै घटेकोे जानकारी दिए । उनका अनुसार माग लगभग आधाले घटेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...